महिला भलिबल टोलीको लगातार तेस्रो जित

19.3k Shares

काठमाडौं । नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा लगातार तेस्रो जित निकाल्ने क्रममा शनिबार आयोजक बंलादेशलाई ३–० को सोझो सेटमा हराएको छ ।
बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा घरेलु टोलीले नेपाललाई कुनै पनि चुनौती पेस गर्न सकेन । नेपालले बंगलादेशलाई २५–५, २५–१५, २५–१७ को स्कोरमा पराजित गरेको हो ।
साबिक विजेता नेपाली महिला टोलीको यसअघि बिहीबार श्रीलंकाविरुद्ध उत्कृष्ट पुनरागमनमा ३–२ सेटको विजय हासिल गरेको थियो । शुक्रबार सम्पन्न दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।

सम्बन्धित समाचार