हे परिवर्तन तिमी लुकेर बसेका छाैं या रुठेर लुकेका छाै ?

7.5k Shares

- डी.बी. नेपाली

अत्यन्त धैर्य,शाहस र दूरदृष्टिका कारण पृथ्वी नारायण शाहले  र उनका केही सन्तानले आर्जन गरेकाे बिशाल नेपाल (Greater Nepal) उनैका केही सन्तानहरुकाे विलासिता, अहंकार र असक्षमताकाे कारण नाम मात्रैकाे राजा रहे पनि राणाहरुकाे शिकार बने भने जाे कठपुतली बनेर उनिहरुले भनेकाे र अह्राएकाे आज्ञा पालन गर्ने आज्ञाकारी भएर बस्याे उसकाे राजाकाे पद नखाेसेर रबर स्ट्याम्प बनाएर राखियाे यसरी राजालाई नै कठपुतली बनाएर राख्न सक्ने शक्तिशाली राणाहरु अहंकार, घमण्ड र सत्ताकाे मातमा यसरी ढुबे कि शेर भन्दा पनि माथि सवाशेर हुन्छ र त्याे हाे आमनागरिक या सर्वसाधारण जनता भन्ने कुराकाे आजसम्म कुनै पनि राजतन्त्र या राजनीतिक दलले बुझ्ने काेशिस गरेकाे पाइन्न उल्टै जुन जनताकाे सहयाेगद्वारा सत्तामा विराजमान हुन पाए उनै जनता माथि उहिले देखि अहिलेसम्मका तानाशाह, सामन्त, राजा हुन या प्रजातन्त्र, लाेकतन्त्र, गणतन्त्र जे जस्ता व्यवस्था स्थापित गरिदै आए ,जुन जनताले उनिहरुलाई सत्ताकाे जिम्मा दिए  तिनै जनताकाे ढाड माथि चढेर शाेषण,दमन गर्ने र नियम कानुनकाे नाममा जनताका अधिकार खाेस्ने काम कहिलै राेकिएकाे देखिन्न । शासकलाई भगवान, इश्वर अनि इश्वरकाे अवतार भनेर इतिहासका पाना, सिनेमाका  पर्दामा प्रदर्शन गरेर जनताकाे शाेषण दमन गर्ने गर्दै आएकाे  परिवर्तन तिमिले स्वयं त्यसैलाई परिवर्तन मानेर हेरि बसेकाे इतिहास साक्षी छ ।

आजसम्म कुनै मजदुर, किसान या आम जनताबाट कुनै मान्छे भगवानकाे अवतार भनेर कतै लेखिएकाेछ ? उनिहरुलाई त चाेर, अपराधी बाेक्सी आदिकाे ट्याग लगाएर हेप्ने गरेकाे मानव समाज र मानव सभ्यताकाे विकासदेखि अहिलेसम्म परिवर्तन तिमी हेरेकै छाै ? अब परिवर्तनकाे परिभाषा कसरी काेर्ने ? एउटाले हत्या षडयन्त्र र जालझेलले सत्ता कब्जा गरेकाे देख्दै भाेग्दै आए पनि फेरी जनतामाथि उस्तै शासन लाध्ने अर्काे ब्यक्ति राख्ने, छाँट्ने या चुनिने प्रथालाई नै परिवर्तन कसरी र कहिलेसम्म मानेर सहेर हिड्ने ? नेपाल एकिकरण पहिलेदेखि २०६४ सालसम्मकाे पृथ्वीनारायण शाहका वंशजकाे ५०० बर्षसम्मकाे राजाकाे इतिहास र त्याे कालमा भएका परिवर्तनका कुरा गर्ने हाे भने पृृृथ्वी नारायण, महेन्द्र र बीरेन्द्र बाहेक अरु राजाहरुकाे खासै याेगदान गरेकाे देखिदै भने  राजा कमजाेर भएकाे फाइदा उठाएर राणाहरुले १०४ बर्ष शासन चलाए पनि उनिहरुकाे आपसी खिचातानीले बदनामी बाहेक र आमजनताकाे नजरमा क्रुर तानाशाहकाे छाप इतिहासकाे अन्तसम्म पनि मेटिने छैन ।

राजा अलि बलियाे हुन खाेज्दा या शक्ति आफ्नु हातमा लिन खाेज्दा मारिने, देश छाेडी भाग्नु  पर्ने  या रबर स्ट्याम्प भएर बस्नु परेकाे इतिहास परिवर्तन तिमी हेरेरै बस्याै । राणाहरुकाे आपसी कलह, सत्ताकाे छिना झप्टी र क्लासिफिकेशन बाट रुष्ट राणाहरु, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट तथा लुकेर ज्यान जाेगाइ भारतमा शरण लिन पुगेका राजा त्रिभूवन आदिलाई भारतले शरण दिएर काखी च्यापे पछि सत्ता, षडयन्त्र र अंहकारमा ढुबेका राणाहरुले बल्ल थाह पाए । सत्ता गुम्ने र लखेटिने डरले दिल्लीमा भारतकाे मध्यस्थतामा त्रिपक्षिय सम्झाैता गर्न लगाएर २००७ साल फागुन ७ गते राजा सहितकाे प्रजातन्त्र स्थापना र राणा शासनकाे अन्तकाे घाेषणा भयाे नेपालमा सत्ता परिवर्तन र प्रजा (जनता) काे सरकार स्थापना भएकाे अब जनताले सुशासनकाे प्रत्याभूति गर्न पाउने भए भन्ने   ठुलाै आशा र विश्वासका साथ प्रजातन्त्रकाे स्वागत गर्दै वर्तमानसम्म आइपुग्दा पनि प्रजातन्त्रकाे प पनि प्रत्याभूति गर्न नपाए पनि प्रत्येक बर्ष फागुण ७ गते प्रजातन्त्र दिवस मनाउदै आएकाे नाैटंकी परिवर्तन तिमी लुकिलुकी हेर्दै छाैं ।

२००७ साल फागुन १ गते दिल्लीमा जवाहरलाल नेहरुकाे मध्यस्थतामा नेपाली काँग्रेस र राणाहरु बीच त्रिपक्षिय दिल्ली  सम्झाैता पछि राजा त्रिभुवन २००७ फागुन ४ गते नेपाल फर्के र उनीसंगै भारतले पूर्वसचिव गाेविन्द नारायणलाई राजा त्रिभूवनकाे निजी सचिव बनाएर पठायाे र २००७ साल फागुन ७ गते १०४ बर्षसम्म सत्ताकाे लुछाचुडीमा लागेकाे राणा शासनकाे अन्त र प्रजातन्त्रकाे घाेषणा भयाे । २००४ साल फागुन १८ गते तत्कालिन प्रम पद्मशम्शेर  उपचार गर्न भनेर भारत गइ उतैबाट राजिनामा दिए पछि २००५ बैशाख १८ गते अत्यन्त अहंकारी र कडा माेहन शम्शेर   प्रम बनेर २००८ कात्तिक २६ गतेसम्म राणा शासन र प्रजातन्त्रकालकाे पनि प्रधानमन्त्री रहे भने २००८ मंसिर १ गतेदेखि  २००९ साउन २६ गतेसम्म नेपाली काँग्रेिका मातृका प्रसाद काेइराला प्रधानमन्त्री भए तर काँग्रेस सत्ता माेहले गर्दा फुट्न पुग्याे अनि २००९ साउन ३० देखि २०१० असार २ सम्म राजा त्रिभूनले आफै सत्ता सम्हाले भने फेरि नेपाल प्रजा पार्टीका मातृका प्रसाद काेइराला नै प्रधानमन्त्री भए । राजा त्रिभुवन उपचारको लागि युरोप जाँदा राजा महेन्द्रलाई अख्तियारी दिए पछि उनले बैशाख १ ,२०१२ देखि २०१२ माघ १३सम्म सत्ता चलाए भने २०११ फागुन ३० गते राजा त्रिभूवनकाे स्वर्गाराेहन भए पछि विक्रम सम्वत् २०१३ वैशाख २१ मा राजा महृन्द्रकाे राज्याभिषेक भयाे र उनकाे शासन शुरु भयाे ।

राजा महेन्द्रले २०१२ साल माघ १३ गते टंक प्रसाद आचार्यलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरे र उनकै पालामा पहिलो पञ्चवर्षीय योजनाको सुरु, नेपाल राष्ट्र बैङ्क, सर्वोच्च अदालतको स्थापना भएको थियो। आचार्यको कार्यकालमा धेरै देशहरूसँग कूटनीतिक सम्बन्ध पनि स्थापना , टंकप्रसाद आचार्यकाे २०१४ असारमा प्रधानमन्त्री पदबाट राजीनामा दिए पछि कुँवर इन्द्रजित सिंह २०१४ साल साउन ११ गते  प्रधानमन्त्रीमा नियुक्त र २०१५ जेठ २ गतेसम्म मात्रै अनि २०१५ जेठ २ गते सुवर्ण शम्शेर प्रधानमन्त्री चयन भएर उनकाे सरकार  जेठ १३ ,२०१६ सम्म चल्याे ,२०१५ मा नेपाल संविधान २०१५  घाेषणा गरि पहिलाे पटक आम निर्वाचन भयाे र  चुनावमा बहुमत हासिल गरेकाे नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद काेइराला २०१६ साल जेठ १३ गते प्रधानमन्त्री नियुक्त भए ।

नेपालमा पहिलाे पटक जनताद्वारा चुनिएकाे प्रजातान्त्रिक सरकार गठन तर राजा त्रिभूवन कै पाला देखि भारतीय हस्तक्षेप राजा महेन्द्रलाई  पटक्कै मन परेकाे थिएन सरकार माथि त हस्तक्षेप हुँदै आएकाे थियाे भने सिमानामा पनि भारतीय सैन्य हस्तक्षेप र मेचीदेखि महाकालीसम्म भारतले नेपाल र चीनकाे सिमानामा १८ वटा सैन्य चेक पाेष्ट राखेकाे राजा महेन्द्रलाई चित्तै बुझेकाे थिएन अर्काे तिर भारतले विस्तारै नेपालबाट भारत तिर बग्ने नदीनालाहरु अप्रत्येक्ष रुपमा आफ्नु कब्जा जमाउन थाले पछि राजा महेन्द्रले आम जनताद्वारा निर्वाचित प्रजातान्त्रिक सरकार २०१७ साल पुस१ गते "कु"गरेर सबै दलहरु माथि प्रतिबन्ध लगाउदै २०१७ पुस१२ देखि २०१९ चैत २० गतेसम्म प्रत्येक्ष शासन आफैले चलाए ।

नेपालमा  बहुदलीय संसदीय व्यवस्था अफाप सिद्ध भएको भन्दै राजा महेन्द्रले शाही घोषणा मार्फत २२ पुस २०१७ मा दुधे बालक प्रजातन्त्रकाे हत्या गरेर पञ्चायती व्यवस्था लागुू गरे र नेपालको संविधान २०१९ जारी गरि निर्दलीय पञ्चायती व्यवस्था  लाधेकाे भन्नेहरु पनि छन् र राजा महेन्द्रकाे चतुर्याँइ र दूरदर्शिताकाे कारण नेपाल राष्ट्र,नेपालकाे स्वतन्त्रता र नेपालकाे सार्वभाैमिकता बचाउन बहुत ठुलाे याेगदान  पुर्याएकाे भन्ने पनि धेरै छन् । देशकाे आर्थिक उन्नति र भाैतिक पूर्वाधारकाे लागि उद्याेगहरुकाे स्थापना २०१९मा बालाजु औद्योगिक क्षेत्र , हेटौँडा औद्योगिक क्षेत्र, वीरगन्ज चिनी कारखाना, नेसनल ट्रेडिङ लिमिटेड, नेपाल आयल निगम, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरू  स्थापना गरेका थिए ।राजा महेन्द्रकै पालामा पूर्व पश्चिम राजमार्ग र अरनिको राजमार्गहरुकाे निर्माण कार्य शुरु गराएका थिए। २०१२ साल नेपाललाई संयुक्त राष्ट्रसङ्घको सदस्य बनाउने राजा महेन्द्र नै थिए । राज्य रजौटा ऐन, २०१७ , २०१७  राज्य अदालत उन्मूलन ऐन लागु गरेर सबै राज्यहरू खारेज गर्ने ऐन बनाए पनि  सल्यान, बझाङ, जाजरकोट, मुस्ताङ, भिर्कोट, माल्नेटा, दर्ना सहीत १७ रजौटालाई भने मान्यता दिइएको थियो। वि.सं २०१७ मा, राज्य अदालत उन्मुलन ऐन लागु गरी त्यसकाे ठाँउमा इलाका अदालत गठन, २०२० भदौ १ गते नयाँ मुलुकी ऐन घाेषणा र  लागु गरी छुवाछुत, जातिभेद र लैङ्गगिक भेदभाव विरुद्धको नीति ,२०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गामा जोत्ने मोहीहरूलाई  अधिकार,  २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र शाही नेपाल वायुसेवा निगमकाे स्थापना ।

नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी)को स्थापना,  नेपाल निजामती ऐन , २०१२ मा, प्रहरी ऐन, २०१८ साल वैशाख १ गते १४ अञ्चल ७५ जिल्लामा विभाजन गरी प्रसासनिक विकेन्द्रीकरण २०२० सालमा छुवाछूत विरोधी ऐन, २०२१ सालमा किसानहरूलाई मोहियानी मोहियानी हक, त्रिभूवन विश्वविद्यालयको आधुनिकीकरण गर्दै उच्च शिक्षा नेपालमै हासिल गर्ने वातावरणकाे सिर्जना, स्थानीय परम्परा, धर्म–संस्कृति, रहनसहन, पर्व तथा भाषाहरू बचाउन राजा महेन्द्रले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय नाचघर आदी संस्थाहरूलाई सक्रिय बनाएका थिए । २०२४ मा राष्ट्रिय गाँउ फर्क अभियान जारी ,मालपाेत कार्यालय तथा २०२६ सालमा १७वटा भारती चेकपाेष्ट हटाउन बाध्य पारेकाे रिसमा नाका बन्धी खेप्नु परेकाे तर त्याे असफल पार्न पनि सफल भए ।तराइ तिर  भारतीय हस्तक्षेप बढ्दै गएकाे देखे पछि हिमाल, पहाडबाट  तराइ तिर पहाडी र हिमाली जनतालाई जग्गा बितरण गरे । राजा महेन्द्र शक्तिशाली हुँद‌ै गएकाे देखे पछि २०१८ साल माघ ९ गते राजा महेन्द्र जानकी मन्दिरको दर्शन गरी  फर्कि रहेकाे वेला दुर्गानन्द झाको नेतृत्त्वमा अरबिन्दकुमार ठाकुर लगायत केही राजा विरोधी युवाहरूले उन्काे  गाडीमा बम प्रहार गरेका थिए त्याे घटनाका दाेषी ठहर गरिएका दुर्गानन्द झा, अरबिन्दकुमार ठाकुर र दलसिंह थापालाई मृत्युदण्ड तथा केहीलाई जन्म कैदकाे घाेषणा गरिएकाे थियाे । राजा महेन्द्रले नेपाल राष्ट्रलाई र उसकाे सार्वभाैम सत्ता बचाएर कसैकाे उपविनेश र दलाली गर्नबाट देश र जनतनलाई जाेगाउदा जाेगाउदै पनि ०१७ सालकाे "कु" ले र बिदेशी शक्ति सामु नझुकेकाे कारण सबै राम्रा कुरा फितलाे बनाएर खाली उनका नराम्रा कामकाे मात्रै प्रचार प्रसार र बदनाम गराएकाे परिवर्तन तिमी टुलुटुलु हेरी बस्याै ।   क्रमशः.......

सम्बन्धित समाचार