पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य शुरू

11.8k Shares

ताप्लेजुङ – ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजदेखि शुरू भएको छ ।

हिमालय कन्स्ट्रक्शनका प्रमुख इन्द्र केदेमले बटम स्टेशनबाट केबलकार निर्माणको कार्य शुरू भएकाे जानकारी दिनुभयाे । ताप्लेजुङका सबै राजनीतिक दल, सङ्घीय सांसद, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकायसमेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको काम द्रूत गतिमा अघि बढ्ने पनि उहाँले बताउनुभयाे ।

केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने उल्लेख गर्नुभयाे । पौडेलले अबको १५ महिनाभित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने विश्वास पनि दिलाउनुभयाे ।

सम्बन्धित समाचार