नेस्लेले आउँदो २ वर्षमा १६ हजार रोजगारी कटौती गर्ने

7.5k Shares

विश्व । खाद्य तथा पेय पदार्थको विशाल कम्पनी नेस्लेले आउँदो दुई वर्षमा १६ हजार रोजगारी कटौती गर्ने बताएको छ ।

कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप नभ्रातिलले ‘उच्चतम सम्भावित प्रतिफल’ भएका उत्पादनहरूमा ध्यान केन्द्रित गर्न जोड दिएका बीबीसीले जनाएको छ । यो कटौतीले वार्षिक झन्डै लगभग १ अर्ब स्वीस फ्रान्सिस बचत गर्ने कम्पनीको भनाइ छ ।

सीईओ फिलिपले बदलिँदो संसारसँग तालमेल मिलाउन स्वीस कम्पनीले ‘छिटो परिवर्तन’ गर्नुपर्ने र प्रतिस्पर्धीहरूसँग बजार हिस्सा गुमाउन स्वीकार नगर्ने मानसिकता अपनाउनुपर्ने बताउनुभएको छ । एक कर्मचारीसँगको प्रेम सम्बन्धका कारण गएको सेप्टेम्बरमा बर्खास्त भएका पूर्वसीईओ लरेन्ट फ्रेक्सको ठाउँमा फिलिप आउनुभएको हो ।

सन् २०२५ को पहिलो ९ महिनामा नेस्लेले राम्रो बिक्री तथ्याङ्क रिपोर्ट गरेको र कफी, मिठाई लगायतका प्रमुख वर्गहरूमा बढी उत्पादनहरू बिक्री गरेका कारण बिहीबार रोजगारी कटौतीको घोषणा भएको खबरमा उल्लेख छ ।

विश्वको सबैभन्दा ठूलो प्याकेज गरिएको खाद्य तथा पेय पदार्थ कम्पनी नेस्लेले नेस्काफे, किटक्याट र म्यागी लगायत सयौं ब्रान्डहरूको स्वामित्व राख्छ ।

सम्बन्धित समाचार