अब सबै नेता–कार्यकर्ता गाउँबस्तीमा पुगेर कमिटी निर्माणमा जुट्नुपर्छ : प्रचण्ड

9.1k Shares

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्गठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको बैठकलाई आज भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका बहस, सङ्गठनात्मक अवस्था र आउँदो रणनीतिबारे धारणा राख्नुभएको थियो । उहाँले पार्टीले पछिल्लो समय नागरिकमाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई सङ्गठनमा रूपान्तरण गर्न सकेमात्रै दीर्घकालीन उपलब्धि सम्भव हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब सबै नेता–कार्यकर्ता गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ । पार्टीभित्र आत्मसमीक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्छ । विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता छ ।’ 

पार्टी सरकारमा रहँदा हासिल गरेका उपलब्धि, त्यसपछिको खबरदारी अभियान तथा जनसङ्गठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको अध्यक्ष प्रचण्डको दाबी छ ।

सम्बन्धित समाचार