तीजको दिन झिनो अंकले बढ्यो नेप्से

8k Shares

काठमाडौं– हरितालिका तीजको दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनो अंकले बढेको छ । मंगलबार नेप्से ४.८३ अंकले बढेर २७६६.०९ विन्दुमा पुगेको छ ।

नेप्से बढ्दा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर कारोबार भएको छ ।

बुधबार १०१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

दिनभरमा ४५ हजार ११६ पटक शेयर किनबेच हुँदा ३२२ वटा कम्पनी कारोबारमा आएको छ ।

१३ वटा समूहमध्ये ४ समूह घटेको छ भने बाँकी ९ समूह बढेको छ ।

सम्बन्धित समाचार