9.7k
Shares
काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ ।
बैठक दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा सरकारले ल्याएका गत पुस र माघमा ल्याएका ६ वटा अध्यादेश पारित गर्ने विषयमा छलफल हुँदैछ ।
सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएर अध्यादेशबारे ठोस निर्णय गराउन लागेका हुन् ।
आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन पार्टी बैठक राखेका हुन् ।