10.1k
Shares
ललितपुर, ३१ असार । महालक्ष्मी नगरपालिका-५ टिकाथली राधाकृष्ण चोक बस्ने दिपेन्द्र झा को घरबाट सुनका विभिन्न गरगहना, नगद र मोबाइल १ थान समेत गरी करिब ४ लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।