काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण

8k Shares

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा काठमाडौँ प्लाजास्थित महानगरको कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा निर्धारण गरेको हो। 

बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ। बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए। 

साहले बैठकमा जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएको महानगरले जनाएको छ। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णयसमेत गरेको छ।

केही बेरमा बस्ने ४० औँ नगर कार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभामार्फत बजेट सार्वजनिक गर्ने छ। 

नगर सभा बैठकमा प्रमुख बालेनले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्ने छिन्। 

आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँई पनि उपस्थित थिए।

सम्बन्धित समाचार