अष्ट्रेलियामा रहेर १५ वर्षदेखि नेपाली समुदायको सेवा गर्दै आएकी रत्ना गौतमले राष्ट्रिय महिला संयोजकको उम्मेदवारी घोषणा

8k Shares

अष्ट्रेलिया, जुलाई ११ — विगत १५ वर्षभन्दा बढी समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समुदायको सेवा गर्दै आएकी रत्ना गौतमले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलाको राष्ट्रिय महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

हाल उप–महिला संयोजकको जिम्मेवारीमा रहेकी गौतमले विभिन्न सामाजिक, सांस्कृतिक तथा नेतृत्व विकासका कार्यक्रमहरू संचालन गर्दै महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा र नेतृत्वको क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छन्। उनले अष्ट्रेलियास्थित नेपाली महिलाहरूलाई एकजुट गर्दै नेपालमा रहेको संस्कृति र पहिचानलाई प्रवासमा समेत जगेर्ना गर्ने कार्यमा सक्रिय भूमिका खेलेको बताएकी छन्।

उम्मेदवारी घोषणा गर्दै उनले भनिन्, “मेरो अनुभवले मलाई महिलाहरूका हक, अवसर र प्रतिनिधित्वका सवालमा अझ जिम्मेवार, सक्षम र सक्रिय बनाएको छ। अब म यो सेवाभावलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यले उम्मेदवार बनेकी हुँ।”

उनले प्रवासी नेपाली महिलाहरूको आवाज बुलन्द बनाउने, उनीहरूलाई नेतृत्वमा लैजाने र विश्वभर छरिएका नेपाली महिलाबीच सहकार्य, सहानुभूति र सशक्तीकरणको सञ्जाल निर्माण गर्न आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता जनाएकी छन्।

सम्बन्धित समाचार