विद्युत् खपत बढाउन ईभीको करलाई स्थिर राखेका हौँ : अर्थमन्त्री पौडेल

6.5k Shares

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले विद्युत्को खपत बढाउनको लागि ईभीको करलाई स्थिर राखिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमार्फत नेपालको ऊर्जा खपत बढाउनको लागि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरेको बताएका हुन् । 

मन्त्री पौडेलले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको बताए । अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यान्वयन समेत जिम्मेवारी रहेको बताए । आगामी वर्षको बजेट कार्यान्वयनको तयारी गरिरहेको बताए । 

उनले बजेटमा टेक एन्ड पेको विषयमा अन्योल भए पनि स्पष्ट पारेसँगै बैंक तथा वित्तीय संस्था, ऊर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन् ।

सम्बन्धित समाचार