फिफा वरीयतामा नेपाली पुरुष फुटबल टोली यथावत्

21k Shares

काठमाडौं, ४ साउन । फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले आज  सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५औं स्थानमा छ। 

नयाँ वरीयताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अघि रहेको भारत ९९औं स्थानमा छ भने माल्दिभ्स १५५औं स्थानमा छ। नेपालपछि भुटान १८५औं, बङ्गलादेश १८९औं, पाकिस्तान २०१औं र श्रीलङ्का २०४औं स्थानमा छ।

विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ। यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन्। क्रोएसिया छैटौं, नेदरल्यान्ड्स सातौं, इटाली आठौं, पोर्चुगल नवौं र स्पेन दशौं स्थानमा छन्।

सम्बन्धित समाचार