तनहुँ, असार १८ गते। खुर्सानी खेतीबाट आय वृद्धि गर्न तनहुँको भीमाद नगरपालिकाले किसानलाई प्रोत्साहन गरेको छ। वडा नम्बर ९ को भानुमती जौपानीमा सामूहिक अकवरे खुर्सानी खेती गर्ने किसानलाई नगरपालिकाद्वारा प्रोत्साह गरिएको हो।
भारतबाट ठुलो परिमाणमा खुर्सानी आयात भइरहेको त्यसको अन्त्य गरी स्थानीय किसानको आयवृद्धि गर्न प्रोत्साहन गरिएको भीमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो।
नगर प्रमुख सुवेदीका अनुसार जौपानीको एक सय रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानी खेती सुरु गरिएको छ। मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानी खेती गरिएको हो। उक्त जग्गामा एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ। खुर्सानीखेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन तथा वार्षिक ६ करोड २५ लाख आम्दानीको लक्ष्य लिइएको छ। यहाँ उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारमा बिक्री गर्ने योजना छ। हाल बजारमा प्रतिकेजी तीनदेखि ५०० थोक मूल्य रहेको छ।
र्सानीको बिरुवा उत्पादनका लागि एक लाख अनुदान दिएको थियो। उक्त वडाका आठ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाँडा, सखेप, जौपानी र आस्पाग्दी भाडडाँडामा अकबरे खुर्सानी उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरिएको छ। सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसँगै कफीखेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ। उक्त खेतीबाट कृषकहरुले वार्षिक २ लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष इमानबहादुर थापाले बताउनुभयो।
खुर्सानी बिक्रीबाट वार्षिक ६ करोड २५ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। उत्पादन भएको खुर्सानी पोखरा, भिमाद खैरेनीटारका बजारहरुमा विक्रि गर्ने योजना रहेको छ। हाल बजारमा प्रति केजी तीन सयदेखि पाँच सय रुपियाँ थोक मूल्य रहेको छ। किसानको आय वृद्धिका लागि अकबरे खुर्सानी सँगसगै कफी खेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको नगरपालिकाले जनाएको छ।