बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

7.2k Shares

सुनसरी – सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर २ मा रहेको कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले जानकारी दिनुभयो ।

आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेका उहाँले बताउनुभयो । कार्कीका अनुसार झन्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती मृत भेटिएकाे हाे । हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन ।

सम्बन्धित समाचार