आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

8.6k Shares

काठमाडौं, २ असार । दाङ, तुलसीपुर उपमहानगरपालिका-७ घुसेरी बस्ने सागर पौडेलको गोठमा सोमबार
बिहान आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कपिलवस्तु, शिवराज नगरपालिका-१ धानखोलास्थित प्रेमलाल घर्ती मगरको भान्सा घरमा आइतबार राति आगलागी हुँदा करिब २ लाख ३३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

हुम्ला, सर्केगाड गाउँपालिका-३ उनापनी बस्ने जनक रावतको घरमा आइतबार राति लागेको आगो फैलिएर छिमेकी जनक रावत, बिर्ख रावत र धन बहादुर रावतको घरमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

कैलाली, लम्कीचुहा नगरपालिका-६ बाघमारा बस्ने लाल सिंह भुलको गोठमा सोमबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार