गोरखाको मनकामना मन्दिरका पुजारीको हृदयघातबाट मृत्यु

19.3k Shares

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिई आउनुभएका एक गुर्जु ९पुजारी० को हृदयाघातबाट मृत्यु भएको छ । 

हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आउनुभएका काठमाडौँ महानगरपालिका–४  का रत्नराज बज्राचार्यको हृदयाघातबाट गए राति निधन भएको  मनकामनाका स्थानीय दिनेश जोशीले जानकारी दिनुभयो । पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको जोशीले बताउनुभयो । 

घटनाको जानकारी पाएलगत्तै प्रहरीको एकटोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार