काठमाडाैँ । नेपाल प्रहरीको डि.एस.पि. रहेको बताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनि रु. ६,००,०००।- (अक्षरेपि छ लाख रुपैयाँ) ठगी गरेको भनि प्राप्त निवेदनका आधारमा अनुसन्धान गर्ने
क्रममा उक्त कार्यमा संलग्न जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका ४ पाचघरे घर भइ
कलंकी बस्ने ४२ वर्षे रेवती ओझा र जिल्ला काभ्रेपलान्चोक, चौरी देउराली ८ बस्ने ४५ वर्षे ज्ञान बहादुर लामालाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भई रहेको छ।
उनिहरुलाइ मिति २०७०।११।२० गते हात हतियार खरखजाना सम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भुक्तान गरेको छ। साथै मिति २०७०।०१।१६ गते काठमाडौं जिल्ला, जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंबाट केही सार्वजनिक अपराध कसुरमा र मिति २०६७।०७।०४ गते जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको छ ।