काठमाडौं, २७ जेठ । कञ्चनपुर, बेलौरी नगरपालिका-६ भुराकोटस्थित सोही ठाउँ बस्ने करन थापाको किराना पसलमा सोमबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बारा, कलैया उपमहानगरपालिका-१२ सितलपुर बस्ने सुनिल कुश्वाहाले आफ्नै घरमा संचालन गरेको मासु पसलमा करेन्ट सर्ट भई गए राति लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नन्दु महतो धानुकको घरमा संचालन गरेको किराना पसल र सुरेश प्रसाद मण्डलको घरमा समेत आगलागी हुँदा तीनै जनाको गरी करिब १२ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी बारा, सिम्रौनगढ नगरपालिका-३ जोलाही टोल बस्ने अफिज मिया अंसारीको घरमा मंगलबार बिहान आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-५ जोगनिया बस्ने अमन प्रसाद श्रेष्ठको घरको कम्पाउन्ड भित्र रहेको उनकै को.१ ज २७९५ नम्बरको माइक्रोबसमा गए राति आगलागी हुँदा माइक्रोबस पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।