9.1k
Shares
सर्लाही, ७ जेठ । गोडैता गाउँपालिका-२ बस्ने ७० वर्षीय महादेव महतोको करेन्ट लागेर मंगलबार दिउसो मृत्यु भएको छ ।
बलरा नगरपालिका-५ महतो टोलस्थित विद्युतीय मोटर जडान भएको कलबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।