आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

7.1k Shares

काठमाडौं, ६ जेठ । सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-३ साँढे बस्ने ३३ वर्षीय सन्त बहादुर मोक्तानको कच्ची घरमा सोमबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-४ ओख्रेनी बस्ने भुपेन्द्र बहादुर भण्डारीको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर, घरमा रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायत अन्य सामानहरू जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कास्की, पोखरा महानगरपालिका-८ चिप्लेढुङ्गा निमा गल्ली बस्ने ३४ वर्षीय रबि तिमिल्सिनाको फुड लभर क्याफे एण्ड रेष्टुरेण्टमा विद्युत सर्ट भई सोमबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलगागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार