मृत अवस्थामा फेला

8.6k Shares

काठमाडौं, ३१ वैशाख । नवलपरासी पूर्व, त्रिवेणी गाउँपालिका-७ ब्यारेजपुलस्थित ३५ नम्बर ढोकामा हाल
नाम, थर र वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

पाल्पा, तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा रूपन्देही बुटवल उपमहानगरपालिका-४ बस्ने १७ वर्षीय अभिशेष श्रेष्ठ र १६ वर्षीय दिनेश सुवेदी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह बजारस्थित सडकमा भारत घर भएका अन्दाजी ३५ वर्षीय दिलिप पटेल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-८ कोशीपारीस्थित प्रतिक्षालयमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

म्याग्दी, अन्नपूर्ण गाउँपालिका-१ सुनारी बगर टोलस्थित बगरखोलाको खोल्सा छेउमा हाल नाम, थर र वतन नखुलेका पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार