9k
Shares
काठमाडौं, २२ वैशाख । काठमाडौं महानगरपलिका-१७ क्षेत्रपाटी मनाङ गल्ली डेरा गरी बस्ने सिन्धुपाल्चोक
भोटेकोशी गाउँपालिका-४ घर भएकी ४९ वर्षीया निमा शेर्पाको कोठाबाट नगद र सुनको
सिक्री गरी करिब १ लाख १० हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको
छ ।
सुनसरी, इटहरी उपमहानगरपालिका-७ बज्रा बस्ने भुपनारायण भण्डारीको घरबाट
करिब ३ तोला बराबरको सुनका गरगहना र नगद १ लाख रूपैयाँ आइतबार राति चोरी
भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको छ ।