धनकुटामा ७४ वर्षीय वृद्धकाे लडेर ज्यान गयाे

7.8k Shares

धनकुटा – धनकुटाको चौबीसे गाउँपालिका–१ राजापोखरीका ७४ वर्षीय पदमबहादुर श्रेष्ठको लडेर ज्यान गएको छ ।

हिजो दिउँसो घरबाट हिँडेका श्रेष्ठ आज बिहानसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा सडक छेउमा लडेको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

यस्तै प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनामा एक होटलमा तोडफोड गरेको आरोपमा ३५ वर्षीय अभिषेक श्रेष्ठलाई पक्राउ गरेको छ । आरोपी श्रेष्ठले होटलमा उधारोमा जाँड–रक्सी खाएको र पैसा मागेको रिसइबी देखाई तोडफोड गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार