पर्वत, १० बैशाख। धर्मको नाममा लुटपाट मच्चाउँदै आएको पोखराको नारायाणस्थान मन्दिरको एउटा समुहले पर्वतको चुवामा रहेको लक्ष्मीनारायाण मन्दिरमा धानन्याञ्चल महायज्ञको आयोजना गरी सर्वसाधारण नागरिकबाट रकम असुली गरी आफ्नै खल्ती भर्ने योजना बनाएका छन्। लक्ष्मीनारायाण मन्दिरको करिब १० रोपनी भन्दा बढी जग्गासमेत हड्प्ने योजना रहको श्रोतले उल्लेख गरेको छ ।
यो धानन्याञ्चल माहायज्ञमा उक्त लक्ष्मीनारायाण मन्दिरको व्यवस्थापन समिति भने माहायज्ञ आयोजक समितिमा सहभागी छैन । पर्वतको चुवामा रहेको उक्त लक्ष्मी नारायाण मन्दिरको व्यवस्थापन समिति सहभागी नुहुनको कारण रकम असुल्ने र बाँडीचुँडी खाने योजना रहेको स्थानिय बासिन्दाको ठहर छ । उक्त धानन्याञ्चल माहायज्ञमा सहभागी हुँदा रकम हिनामिनामा (लक्ष्मीनारायाण मिन्दर,चुवाको व्यवस्थापन समिति) लाई सिधा आक्षेप लाग्ने,असर पर्ने भएकोले व्यवस्थापन समिति बाहिर बसेर पोखराको नारायाणस्थान
मन्दिरका पुजारीहरुलाई जिम्मा लगाइएको श्रोतले जानकारी दिएको छ ।
२०७३ सलमा पोखरा नदीपुरमा रहेको कन्याक्यापसमा माहायज्ञको आयोजना गरी करिब सात करोड रकम असुल गरिएको थियो । उक्त माहायज्ञमा उठेको रकम कन्य क्याम्पसमा २,४ वटा सिलाई मेसिन किनेर अरु उठेको रकम महायज्ञ आयोजक समिति र प्रवचन गर्ने पण्डितले बाँडेर खाएका थिए। नदीपुर,नारायाणस्थान मन्दिरमा पनि यस भन्दा अगाडि माहायज्ञ लगाइएको थियो । नारायाणस्थान मन्दिरमा माहायज्ञ लगाउने समुह अहिले पर्वतको चुवामा लक्ष्मीनारायाण मन्दिरको धानन्याञ्चल माहायज्ञ लगाएर उठेको रकम खल्तिमा बाँड्ने योजनामा रहेका छन् ।
नारायाणस्थान मन्दिरमा माहायज्ञ लगाएर उठाइएको रकम मन्दिरका स्वीमीजी र अन्नाबाबा भन्ने व्यक्तिको समुहले बाँडेर खाएका थिए । स्वामीजी भन्ने मन्दिरका मुख्य पुजारी हुन । उनी भारतीय नागरिक हुन । नारायाणस्थान मन्दिरमा पुजाआजा,दान,दक्षिणाबाट उठेको रकम उनै भारतीय पुजारी स्वामीजी भन्ने व्यक्तिले भागवण्डा गरेर भारत भित्राउने गरेका छन् । यस विषयमा स्थानिय बासिन्दा अनभिज्ञ जस्तै छन् । नारायाणस्थान मन्दिरमा निलकण्ठ महादेव,राधाकृष्ण मन्दिर,लक्ष्मीनारायाण मन्दिर,ब्रह्माचारी आश्रम,मैत्री संघ पोखरा र राम गुरु योगआश्रमका द्धुट्टाछुट्टै समितिहरु छन । यि मन्दिरमा रहेका समितको आमदानी र खर्च हिसावकिताव हुँदैन । जसले जति भेटायो उसले नै लिने हो ।
अर्को तर्फ नारायाणस्थान मन्दिरमा दर्जन बढी पण्डितहरु रहेका छन । सबै भन्दा बढी आम्दानी हुने मन्दिरमा गनिन्छ यो मन्दिर । यो मन्दिरका मुख्य पुरोहित भारतीय नागरिक स्वामीजी हुन । दैनिक लाखौंका दान,दिक्षणा र मन्दिरमा दाताले दिएको रकम स्वामीजीकै तजविजमा खर्च हुने गरेको छ । स्वामीजी भन्दा पहिला अन्नाबाबा भन्ने मुख्य व्यक्ति थिए । उनको निधनपछि स्वामीजी मुख्य पुजारी,हर्ताकर्ता रहेका छन । अन्नाबाबाको पालादेखि हालसम्म यौन शोषण पनि हुँदै आएको जानकारहरु बताउँछन ।
पुजाआजा र सम्पर्कमा आउने महिलाहरुले यौन धन्दाको कुरा बाहिर नल्याउँदा यो विषय गौण भए पनि अन्नाबाबा र स्वामीजीलाई नजिकबाट चिन्नेहरुले यो विष्याको राम्रो ज्ञान राख्छन । दुबै पक्षको सहमतीमा हुने यस्ता क्रियाकलापदेखि जोगिको भेषमा हुने गलत कृयाकलापको वारेमा अनुसन्धान भएको छैन । जोगिको भेशमा आएर नारायाणस्थान मन्दिरमा बसोबास गर्ने दर्जनौं भारतीय जोगीहरुको धन्दाका बारेमा भने धेरै अनभिज्ञता छ ।
नारायाणस्थान मन्दिरमा लगभग आधा दर्जन व्यापारिक सटरहरु रहेका छन । समितिको मिलेमतोमा यि सबै सटरहरु एकै जना व्यक्तिलाई सञ्चालन गर्न दिइएको छ । सरिता पुजा समाग्री नामले परिचित यि सटरहरुमा घुमन्ते,फिरन्ते जोगीहरु बास बस्न आउने गर्दछन भने अधिकांस जोगीको भेषधारीहरुले एक रातको एक हजार रुपैयाँका दरले रकम तिरेर बास बस्ने गरेका छन ।
यसरी अवैध रकम समेत असुल्ने गरिएको छ । सरिता पुजा सामाग्री पसलले नै यो रकम असुल्ने गरेको छ । पोखरा महानगरपालिकाको वडा नं. ३ नदीपुरमा रहेको यो पर्यटकीय एवं धार्मिक स्थललाई मन्दिरका मुख्य व्यक्ति भनिएका स्वामीजी र समितिका पदाधिकारीहरुले बन्धक बनाई राखेका छन । यो विषयमा जिज्ञासा राख्न खोज्दा समितिका पदाधिकारी एवं स्वामीजी भन्ने मुख्य पुजारीले थप कुरा गर्न इन्कार गरे ।