935
Shares
काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि कारबाही गर्न सिफारिस गरिएको छ ।
एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको एक सदस्यीय छानबिन समितिले सशस्त्र प्रहरी नियमावलीको दफा ११३ अनुसार दाहालमाथि कारबाही गर्न गृहमन्त्री सुधन गुरुङसमक्ष सिफारिस गरेको हो ।
गम्भीर सूचना चुहाएको आरोपमा निलम्बनमा परेका दाहालमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदनमार्फत कारबाहीको सिफारिस गरेको हो ।