काठमाडौंबाट एयर गनसहित एक युवक पक्राउ

16.1k Shares

काठमाडौं । काठमाडौंबाट एयर गनसहित एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११, थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई एक थान एयर गनसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जितेन्द्रले कोठामा अवैध हातहतियार लुकाई राखेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्दा एयर गन फेला पारेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार