8.3k
Shares
काठमाडौँ । चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल रहनेछन् । चलचित्रमा सुधन पोखरेलको पनि अभिनय रहनेछ ।
प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको लेखक वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र लेखक वर्षा दुवै छन् ।
चलचित्रमा नायिकाको रूपमा सोफी धरेलले डेब्यु गर्दैछिन् । सौगात र सोफी जोडीको रूपमा देखिने छन् ।
रक क्यास्टर स्टुडियोको निर्माण रहने चलचित्रको घोषणासँगै तीन वटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ ।
चलचित्रको कथा र अन्य टिमबारे केही समयपछि जानकारी दिइने निर्माण पक्षले जानकारी दिएको छ ।