कवाड संकलकले फिर्ता पाए साइकल, नगर प्रहरीलाई कारबाही

7.8k Shares

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका नगर प्रहरीहरूले आफ्नो व्यवहार नसुधारेको भन्दै पुनः आलोचना भएको छ । बालुवाटारमा कवाडी संकलन गर्न हिँडेका एक जना मजदुरको साइकल नै खोसेर अमर्यादित ढंगले व्यवहार गरेको भन्दै नगर प्रहरीको आलोचना भइरहेको हो ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, स्थानीयको गुनासोपछि हिजो (मंगलबार) नगर प्रहरी सो क्षेत्रमा खटिएको थियो । बिहानैदेखि कवाडी संकलनकर्ताले हल्ला गरेर हिंड्ने गरेको भन्दै स्थानीयले लिखित र मौखिक उजुरी दिएको पाण्डे बताउँछन् ।

सोही क्रममा नगर प्रहरीको टोलीले साइकल खासेको उनको भनाइ छ । ‘बिहान डिस्ट्रब हुनेगरी टिना/फलाम, कापी/किताब भन्दै हल्ला गरेको भनेर बारम्बार गुनासो आएको थियो ।

सोही सम्बोधन गर्न इन्सपेक्टर शम्भु विष्टको टोली खटिएको थियो,’ पाण्डेले  भने । उनले साइकल खोस्न खोजेको पनि तत्काल कवाडी संकलनकर्ता मजदुरलाई फिर्ता दिएको बताए ।

सम्बन्धित समाचार