नेपाल सुपर लिग फुटबलमा आज ललितपुर र झापा खेल्दै

7.7k Shares

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी एफसी र झापा एफसीबीच खेल हुँदैछ । याे खेल दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ ।

दुवै टोलीको यो अन्तिम लिग खेल हो । सात टोली सहभागी प्रतियोगितामा साविक विजेता ललितपुर ५ खेलमा ११ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ५ खेलमा ११ अङ्क रहेको धनगढी एफसी तालिकाको शीर्ष स्थानमा छ ।

ललितपुर र धनगढीले पहिलो क्वालिफायर खेल्ने निश्चित हुँदा हिजो भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई हराउँदै पोखरा थन्डर्स एफसी प्लेअफमा पुगेकाे छ । अब चितवन र काठमाण्डौमध्ये एक टोली प्लेअफमा पुग्नेछ ।

झापाले ५ खेलमा ४ अङ्क जाेडेकाे छ । छैटौं स्थानमा रहेको झापा र १ अङ्कसहित पुछारमा रहेकाे बुटबल लुम्बिनी एफसी प्लेअफ होडबाट बाहिरिसकेका छन् ।

सम्बन्धित समाचार