जाजरकोटको नलगाढमा पनि उस्तै

14k Shares

काठमाडौं – उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको काठमाडौं वडा नम्बर १६ मा सोचेजस्तो मत नखसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।

थपलियाका अनुसार सो वडाको वडाध्यक्ष पदमा भइरहेको मतदानमा हालसम्म ४० प्रतिशत मात्रै मतदान भएको हो । यो अपराह्न ३ः४० बजे सम्मको अपडेट हो । यो वडामा २१ हजार मतदाता छन्‌ ।

‘अहिलेसम्म ४० प्रतिशत मात्रै मतदान भएको निर्वाचन अधिकृतको अधिकृतले जनाउनुभएको छ,’ थपलियाले खबरहबलाई भने, ‘शहरी इलाकामा पनि यो पटक मतदान कम हुने देखिएको छ । काठमाडौं-१६ मै उत्साह देखिएन करिब, ५० मात्रै मतदान हुने आकलन गरिएको छ।’

काठमाडौं-१६ जस्तै जाजरकोटको नलगाढ नगरपालिकामा पनि ४० प्रतिशतमात्रै मतदान भएको छ । यहाँ उपप्रमुख पदमा निर्वाचन भइरहेको हो । अन्य ठाउँमा ३ बजेर ४० मिनेट जाँदासम्म ५५ प्रतिशत भन्दा बढी मतदान भइसकेको आयोगका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

सम्बन्धित समाचार