बेइजिङ- अमेरिकाले लगाएको एकपछि अर्को करलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले सामाजिक सञ्जालमा भनेकी छन्, ‘चीन पछि हट्नेवाला छैन ।’
उनले कोरियाली युद्धका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वनेता माओत्से तुङको एक पुरानो भिडियो पोस्ट गरेकी छन् । यस भिडियोमा माओ अमेरिकालाई भनिरहेका छन्, ‘चाहे यो युद्ध जति नै लामो किन नचलोस्, हामी कहिल्यै झुक्ने छैनौँ ।’
भिडियो शेयर गर्दै माओ निङ्गले अगाडि लेखेकी छन्, ‘हामी चिनियाँ हौँ। हामी उत्तेजकहरूसँग डराउँदैनौँ । हामी पछि हट्ने छैनौँ ।’ चीन र अमेरिका दुवै देशले एकअर्कालाई नयाँ आयात शुल्क लागू गरिसकेका छन् ।
अहिलेसम्म अमेरिका र चीनबीच कुनै किसिमको सम्झौता हुने संकेत पनि देखिएको छैन । अमेरिकाले चीनमाथि १०५ प्रतिशत आयात शुल्क पुर्याउँदा चीनले पनि ८४ प्रतिशत पुर्याइकेको छ ।