म्याग्दी । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब रु.१७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ । मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु.१५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो ।
चालु आर्थिक वर्षमा रु। एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने रु। एक करोड १० लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ ।
झोलुङ्गे पुल बाहेकका आयोजनाहरु चालु आर्थिक वर्षभित्रनै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) ले बताए । योजनाहरु मार्फत ग्रामिण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भई बसाईसराई घटाउने अपेक्षा गरिएको उनले बताए ।
सघन शहरी तथा भवन निर्माण योजना मार्फत रु. चार करोड ७५ लाख बजेट बिनियोजन भएको बेनी नगरपालिकामा एकिकृत शहरी पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तर्गत रु। तीन करोड १९ लाखमा ठेक्का सम्झौता भएको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नं.–७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना सुरु भएको छ ।