सर्वोच्च अदालतमा १५ न्यायाधीशलाई तोकियो नौ इजलास

17.8k Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १५ जना न्यायाधीशहरूका लागि नौ इजलास तोकका छन् । तीन सिंगल र ६ वटा संयुक्त इजलासमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका छन् ।

एक न्यायाधीशका अनुसार आज न्यायाधीशहरू इजलासमा जाँदै छन् । “आजको कजलिष्ट जे छ, त्यसमा सुनुवाइ हुन्छ,” एक न्यायाधीशले बाह्रखरीसँग भने ।

नौवटा मुद्दा एउटै इजलासमा तोक्न सकिने भए पनि प्रधानन्यायाधीश जबराले धेरै इजलास सञ्चालन रहेको सन्देश दिन एउटा–एउटा मुद्दा राखेर नौ इजलास तोकेका हुन् ।

न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मात्र मुद्दा हेर्ने भनेपछि सोमबार इजलास बसेको थियो । मंगलबार भने प्रधानन्यायाधीशले उस्तै प्रकृतिको बैंकिङ कसुरका मुद्दाका लागि समेत पेसी तोकेका थिए ।

तर, मंगलबार न्यायाधीश र प्रधानन्यायाधीशबीचको वार्तामा पनि खटपट आएपछि न्यायाधीशहरूले त्यसलाई नै कारण देखाएर इजलासमा जान अस्वीकार गर्दा मंगलबार इजलास नै बसेको थिएन । मंगलबार तोकिएका छ इजलासमा चिया समयपछि इजलास बस्न नसकेको सूचना प्रकाशित गरिएको थियो ।

सम्बन्धित समाचार