को हुन् सावित्री देवी ?

25.9k Shares

रामहरि थापा
काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका अन्तर्गत वडा नं. ४ सण्डोल डाँडामा भारत हरिद्वारबाट आउनु भएका बाबा शिवपुरीमा बस्ने गर्नुहुन्थ्यो । बाबाको भेटघाटमा जाँदा उहाँले तिमी घरदेखि माथि सावित्री देवीको मन्दिर स्थापना गर्नु तिमीलाई राम्रो हुन्छ भनेपछि बाबाको आज्ञा अनुसार र सपनामा पनि मन्दिर बनाएको देखेपछि सयौं वर्ष अगाडि स्थापना भएको हो । त्यसै बाबाको भनाई अनुसार स्व. श्रीबहादुर थापाले चोखोनिधो भएर सण्डोलकै डाँडामा इष्टदेव सावित्री देवीको मन्दिर स्थापना गरी प्राण प्रतिष्ठा समेत गरी त्यसै बेलादेखि उहाँका पुस्ताहरुले त्यस बेलादेखि आजसम्म पनि निरन्तर पुजा आजा गर्दै आएका छन् भने नौरथा भरी धुमधामको पुजा आजा र वली समेतको पुजा हुने र छरछिमकेकीहरु पनि आउने र पुजा आजा गर्ने चलन बढ्दै गइरहेको छ ।

sabitre deve 3.jpg
इष्टदेव (सावित्री देवी) र कुलदेवता गोरखकालीको पुजा भने पौष महिनाको कृष्ण अष्टमीमा बाजागाजा सहित बलि पुजा हुन्छ र यो कुलायन पुजा २–२ वर्षमा एक चोटी हुन्छ भने इष्ट देवताको पुजा दैनिक हुन्छ । 
यस देविलाई विवाह, समृद्धि र उर्वरताकी देवी माता सावित्रीमा समर्पित हो । माता सावित्री देवि जगत पिता ब्रह्माजीको श्रीमती हुन् । सावित्री देविजीको अखण्ड सौभाग्यको प्रतिक मानिन्छ । जसले यस मन्दिरमा आएर देविको दर्शन गर्दछ उसको मनकामना पुरा हुने जनविश्वास छ ।

sabitri devi 1 copy.jpg
मानिन्छ कि एक दिन ब्रह्माजीले एक यज्ञको लागी आफ्नो धर्मपत्नी सावित्री देवीलाई बोलाउनको लागी ब्रह्माजीले नारदलाई लगाएका थिए । नारदलाई छिटो बोलाउनु भनेकोमा देवताहरुमा झगडा तुल्याउन नारदले माता सावित्री देवीलाई साथीसँग सोह्र श्रंगार गरेर आउन भनेपछि सावित्री देवी आउनमा ढिला भयो । शुभमुहूर्तमा यज्ञ सक्नु पर्ने भएकोले ब्रह्माजीले सबै देवदेवताको सल्लाहबाट इन्द्रलाई आदेश दिन्छन् । यस यज्ञको लागी एक कन्या कुमारीसँग गन्धर्व विवाहको लागी इन्द्र भगवानले एक दुधवाली किसानको छोरी भेटे । भगवानले त्यस कुमारी केटीलाई गाइको शरीरबाट तिनपटक शुद्ध गरेर गायत्री माताको उत्पत्ति भएको र गायत्री मन्त्रको पनि उत्पत्ति भयो ।

sabitri deve.jpg

त्यसपछि ब्रह्माजीले गायत्री मातासँग विवाह सम्पन्न भयो । त्यतिनै बेला सावित्री देवि त्यस विवाह मण्डपमा आइपुग्छिन् र त्यहाँको सबै क्रियाकलाप देख्छिन् । रिसले क्रोधित भएर ब्रह्मालाई श्राप दिन्छिन् हे ब्रह्मा तिम्रो यो संसारमा कही पनि पुजा नहोस्, इन्द्र भगवानले कहि पनि युद्ध नजितुन भनेर श्राप दिइन भने विष्णुको मानव रुपमा श्रीमतीसँग बन जंगलमा तड्पेर बस्नु परोस् भनेर श्राप दिनुभयो । श्राप दिने बेलामा ब्रामण लगायत सबै देवताहरु विवाह मण्डपमा नै थिए । आवेशमा आएर श्रापी हाल्नु भयो । पछि अलि शान्त भएपछि ब्रह्माको पुजा पुष्करमा मात्र हुने र देवताहरुको राजा भएर बस्ने इन्द्र सदा सुरदमा बस्ने विष्णु (मानव रुपमा) राम अवतार भएर बस्ने ब्रामण सदा विद्धान बनिरहने । त्यसपछि सावित्री देवी पुस्करको रत्नागिरी पहाडको चुचुरोमा विराजमान हुनुभयो भने गायत्री माता उत्तरमा निलगिरी पहाडको चुचुरोमा विराजमान हुनुभयो । जेठी श्रीमती सावित्री देवीको श्रापले गर्दा ब्रह्माको कुनै ठाउँमा मूर्ति पनि भेटिन्न भने ब्रह्मा पुजा पनि हँुदैन । 

 

सम्बन्धित समाचार