शिक्षकको तलब जोहो गर्न होली, जथाभाबी रङ लगाए कारबाही

7.2k Shares

धनगढी । रङको पर्व होलीमा कसैको इच्छाविपरीत जथाभाबी रङ लगाउने कार्य गरेमा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रशासनले बुधबार सार्वजनिक सूचना जारी गरी मर्यादित तरिकाले होलीपर्व मनाउन जिल्लावासीलाई अपिल गरेको छ । तराईमा चैत १ गते होली मनाइने भए पनि त्यसको रमझम सुरु भइसकेको छ । 

होली मनाउने नाममा अवाञ्छित गतिविधि नगर्न प्रशासनले अपिल गरेको छ । त्यस्तो गरेको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी सूचनामा उल्लेख छ । कोही कसैको इच्छाविपरीत हानिकारक वस्तु दल्ने कार्य नगर्न पनि प्रशासनले आग्रह गरेको छ । 

सम्बन्धित समाचार