पहाडी क्षेत्रको मौसम आंशिकदेखि साधरणतया बदली : तराईमा मुख्यतया सफा

10.3k Shares

काठमाण्डौ – पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको पहाडी भूभागमा  आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेश प्रदेश लगायत सबै प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहनेछ ।

यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपात र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

सम्बन्धित समाचार