एक चिंगारी सारे जंगलकाे राख कर सकती है !

19.3k Shares
- डी बी. नेवाली
एक चिंगारी सारे जंगलकाे राख कर सकती है भन्ने भनाइ जुन राजनीतिक विचार बाेक्नेहरुकाे क्लासमा हरेक पटक चर्चामा हुन्थ्याे, अलि सफा र राम्राे लुगा लगाएकाे, दुइछाक दालभात तरकारी भरपेट खान सक्नेहरुलाई सामन्त जनता मारा, जनता ठग शाेषक भनेर आम मेहनतकश जनतालाई सुशासन,उचित न्याय,गास बास कपासकाे उचित व्यवस्था र शाेषण र अन्याय अत्याचारबाट मुक्ति दिलाउने शाेषित पीडित जनता र देशकाे मुहार फेर्ने सपनाहरु बाँटेर जनतालाई हिजाेकाे एउटा राजाकाे सत्ता फाल्न उक्साएर व्यवस्था परिवर्तन गरेकाे बाँसुरी बजाउनेहरु अहिले अरुले बाेकाइ दिएकाे सत्ताकाे भारी बाेक्न नसकेर अत्तालिएका छन् । एउटा चिंगारी सारे जंगलकाे राख कर देती है भन्ने कुरा र आफ्नै इतिहास बिर्सिदिएका छन् । लाखाैंलाख जनताकाे जनसागर सडकमा उफ्रीउफ्री कम से कम केराकाे बाेक्रा त नखाउ बरु चुपलागेर सत्ता चलाउन सक्दैनाैं भने फिर्ता देउ भनेर उर्लेकाे जनताकाे भिड मुट्ठी भर लाग्छ ? २०४६ देखि अहिलेसम्म पटकपटक जनताले दिएकाे साथ र समर्थन बिर्सेर तानाशाह बन्न खाेज्दैछन् । जनता जति शक्तिशाली काेही हुन सक्दैन भन्ने कुरा बिर्सि सकेका छन्, सत्ताकाे मातमा र दलालीकाे भत्तामा अहंकारकाे भारी मुनि च्यापिएर आन्द्रा भुँडीबाट बाहिर आएर छरपस्ट फैलिसक्दा पनि ब्यापारी र बिदेशी दाताहरुकाे पराणजल चाखेर बाँच्ने सपना देख्दै छन् ।
 
इ.स.१९८४ मा भारतकाे एकजना विश्व प्रसिद्ध लेखक तथा सांसद नेपालकाे राजकीय भ्रमण गरेर गए पछि पंजाब राज्यबाट प्रकाशित हुने एउटा हिन्दी दैनिक पत्रिकामा लेख प्रकाशित गरेका थिए जसमा उनले लेखेका थिए 'नेपाल में चन्द मुट्ठी भर लाेग है जाे राजतन्त्रका बिराेध करते है' नेपाली सारी जनता राजाकाे बिष्णुका अवतार मानती है ओैर खुश है शान्त है । यस्ता देखाएकाे र अराएकाे गर्नेलाई नै हामीले या सारा संसारले बहुत ठुलाे विद्वान मान्दै आएका छाैं उनकाे त्याे भनाइकाे ४/५ बर्षमा नै राजतन्त्रलाई ती भारतीय लेखक र सांसदले देखेकाे मुट्ठीभर जनताले शक्ति विहीन बनाई दिए । मैले उनलाई तुरुन्त पत्र लेखेर तपाई जस्ताे प्रतिष्ठित ब्यक्तिले कुन आँखाले नेपाल हेर्नु भयाे, नेपालीकाे अवस्था हेर्न नेपाल नै जानु पर्दैन तपाईकै देशमा हेरे पुग्छ नेपाली कति सुखी र खुशी छन्, उनले तुरुन्तै आफ्नु गल्ती स्वीकार गर्दै, हाे मैले सही बिश्लेषण गर्न सकिन तपाइकाे कुरा सही हाे भनेर आफ्नु गल्तीमा माफि माग्दै पत्र पठाए । त्यति ठुलाे मान्छे म एउटा सामान्य मजदुरसंग माफी माग्न उनलाई कुनै हिचकिचाहट भएन । जनता कहिलै मुट्ठी भर हुँदैन मुट्ठी भर हुने त सत्तामा बस्ने शासकहरु या दलहरु नै हाे ।
 
आम जनताकाे मानसिकता, उनिहरसकाे आवश्यकता र उनिहरुकाे हक अधिकार जुन दिन कुनै राजा, तानाशाह, सम्राट, प्रजातन्त्रवादी या गणतन्त्रवादी जाे सकै हाेस जब बिर्से र सत्ता परिवर्तन मैले गरेकाे हाे भन्ने घमण्ड र अहंकार गर्न थाल्छ तब तब जनताले नै छत्रपति बनाएकाे थिए भने तिनै जनताले चुट्कीभर मै मुट्ठीमा सीमित पारीदिन्छन् भन्ने कुरा कुनै पनि शासकले बिर्सियाे भने उ भिरमा चर्न गयाे भन्ने साेचे हुन्छ । जनताले सत्ता परिवर्तन गर्न दिएकाे शक्ति र अधिकारलाई लिल्ली दरवारमा बुझाउनेहरुले घमण्डकाे र दलालीकाे भारी अब थन्क्याएर जनताकाे अभिमतकाे अनादर गर्ने गल्ती नगरेर आफ्ना गल्ती स्वीकार गर्दै जनतासंग माफि मागेर सच्चिने प्रयार तिर लागेनन् भने जनता छाेडनेवाला छैनन् भन्ने कुरा बुझ्न र आफ्ना झाेले र हनुमानलाई बुझाउन जरुरी छ ।

वर्तमानमा प्रष्ट देखिएकाे राजनीतिक माहाैल र जनताकाे चाहनालाई सत्ताकाे मातमा र जनताकाे कर, बिदेशिएका युवाकाे पसिना र बिदेशीले दिएकाे भिखमा हजाराैं राजा महाराजाले माैज मस्ती गर्न अब जनताले दिनेवाला छैनन् भन्ने कुरा हेक्का राख्न सकेनन् भने आज शक्तिशाली राजा मन्दिर मन्दिर घुमेर बिताउन बाध्यछन् भने याे अवस्था तिमीहरुकाे आयाे भने के हाेला, आज सामान्य एउटा राष्ट्रले मात्रै केही सहयाेग कटाैती गर्ने घाेषणा गर्दा त रुवाबासी भएकाे छ । जनताले अब हजाराैं राजा पाल्न सक्दैनाैं बरु एउटै राजा ठिक थियाे भन्ने वहस गर्न थाल्दा र आन्दाेलनमा उत्रिदां तिम्राे वेचैनी, छटपटाहट र सत्ताबाट बाहिरिने डरले साताे गएकाे छ । अब एउटा चिंगारीले राष्ट्रमा डढेलाे सल्की सकेकाे छ त्यसकाे प्रवृति बुझेर त्यसलाई कसरी निभाउन सकिन्छ भन्ने तिर नलागेर आगाेमा पानी हाल्ने ठाँउमा घ्यु हाल्न थाल्याै भने देश र जनता त डढ्ने नै छन तिमी पनि डढेर खरानी हुने कुरा नबिर्स ! कुनै पनि सत्ता टिक्न सक्दैन जबसम्म उसले देश र जनताकाे पक्षमा काम गर्दैन ।
 
सत्ता परिवर्तनकाे इतिहास मानव सभ्यता र विकाससंगै जाेडिएकाे छ । रामसंगै रामराज्य हरायाे, पान्ण्डवसंगै पाण्डबकाे राज्य हरायाे, समाजकाे विकासकाे इतिहाससंगै कस्ता कस्ता शक्तशाली राज्यहरु आज इहिहासकाे पानामा कुनै देशका पुस्तकालयाकाे एउटा र्याकमा सजाएर राखिएका पुस्तककाे पानामा कैद भएर लुकेर बसेका छन् । कुनै दिन लगभग पुरै संसारमा शासन सत्ता चलाउने बिर्टसश एम्पाएर आज खुम्चिएर बिर्टेन या युनाइटेड किङ्गडममा सीमित भएर बस्न बाध्य छ कमजाेर छ उ भन्दा धेरै शक्तिशाली अरु थुप्रै देशहरु र त्यँहाकाे शासन व्यवस्था छ । वास्तविकता र इतिहास केलाउने हाे भने कुनै पनि शासन व्यवस्था कुनै राजा महाराजा या दलहरुकाे माेहताज हुँदैन, कुनै राजा महाराजा या दलहरुकाे दास हुँदैन । कुनै पनि राष्ट्र या देशकाे शासन व्यवस्था जहिले पनि त्याे देशका जनताकाे चाहना, त्याे देशका जनतनकाे सपना, त्याे देशका जनताकाे मानसिकता माथि टिकेकाे हुन्छ त्यसैले कुनै पनि राजा महाराजा या दलहरुले जनता र देश हामी माथि निर्भर छ हामीले चलाएकाछाैं भन्ने गलत मानसिकता नपाले हुन्छ ? जनता र जनताकाे चाहना भन्दा शक्तिशाली चिंगारी आगाेकाे पनि हुन्न ! जनताकाे चिंगारी निभाउन सक्ने कुनै पानी छैन याे ब्रह्माण्डमा ? सबैकाे भलाे यसैमा छ कि जन चिंगारी सल्किने वातावरण कुनै पनि दलले नगरेकै राम्राे र सब‌काे हितमा हुनेछ ।
सम्बन्धित समाचार