काठमाडौँ। नेपालका लागि क्याटरपिलर हेवी इक्विप्मेन्टको आधिकारी बिक्रेता बतास ट्रयाक्टर्स प्रालिले हाइड्रो सेगमेन्टका ग्राहकलाई केन्द्रित गरी ग्राहक सम्मेलन आयोजना गरेको छ। क्याटरपिलरको मेसिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनामा दक्षता, नवीनता र प्रभावकारिता प्रस्तुत गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनमा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी सम्मानित ग्राहकले सहभागिता रहेको थियो। क्याटरपिलरका प्रमुख कम्पनी गेनवेल इण्डियाका सीआई प्रमुख दीपक जोलीले क्याटरपिलरका मेसिनरी नेपालको हाइड्रो सेगमेन्टमा अग्रणी स्थानमा रहेकोमा ग्राहकको विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गरेका छन्।
कम्पनीका कार्यकारी निर्देशक दीपेन्द्र मल्ले ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन र निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम् प्रगति प्रदर्शन गर्न बतास ट्रयाक्टर्स सदैव तत्पर रहेको प्रष्ट पारेका छन्।
सम्मेलनमा हालै क्याटरपिलर मेसिनरी खरिद गर्ने सम्मानित ग्राहकलाई चाबी हस्तान्तरण समारोह आयोजना गरिएको छ।
जसमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी, र बन्दन भगवती निर्माण सेवा जस्ता कम्पनी समावेश छन्। कार्यक्रममा गेनवेल कमोशेल्स इण्डियाका शेल्स हेड आनन्द झाले क्याटर पिलर मेसिनरीको प्राविधिक विशेषता लागत दक्षताको बारेमा विस्तृत जानकारी दिएका छन्।