दश करोडको सुन्तला बिक्री

7.5k Shares

सुलीकोट । गोरखा जिल्लामा यस वर्ष सुन्तला बिक्रीबाट १० करोड रुपियाँको कारोबार भएको छ । यस वर्ष गत वर्षकाेभन्दा पनि कम सुन्तला उत्पादन भएको छ । 

गत वर्ष २३ सय मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष १८ सय मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । कार्यालयले सुन्तला उत्पादन बढाउनका लागि पुरानो बगैंचा व्यवस्थापन कार्यक्रम लागु गर्दै आएको छ । जस अन्तर्गत सूक्ष्म तत्व, रोगनाशक विषादी, प्राङ्गारिक मललगायतमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख ढुङ्गानाले बताउनुभयो ।  

जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने शहिदलखन गाउँपालिका २,४,५ र ६ नम्बर वडामा झण्डै एक हजार हेक्टर जमिनमा सुन्तला खेती हुन्छ । त्यसबाहेक गोरखा नगरपालिकाको १,३,४ र ५ वडा, गण्डकी गाउँपालिकाको २,४ र ६ नम्बर वडा, भीमसेन थापा गाउँपालिकाको ६ र ३ नम्बर वडा, र पालुङटार नगरपालिकाको ९ र १० नम्बर वडा सबै गरी १२ सय हेक्टर जमिनमा सुन्तला खेती उत्पादन गरिन्छ । 

चक्लाबन्दी कार्यक्रमलाई पनि कार्यालयले निरन्तरता दिएको छ । चक्लाबन्दी गरेर बिरूवा सार्ने, खाल्डोमा मल हाली क्षेत्र विस्तार गर्ने किसानलाई कार्यालयले ८५ प्रतिशत अनुदानमा सुन्तला लगाएको ठाउँमा जोत्न वा खेती गर्न हाते ट्याक्टर, हाँगा काट्ने आरी, फल टिप्ने भर्‍याङ र ढुवानीका लागि जम्मा गर्ने क्रेट ८५ प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको ढुङ्गानाले बताउनुभयो । 

सम्बन्धित समाचार