7.1k
Shares
धनगढी। कैलालीस्थित घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३८२ प्रजातिका चरा पाइन थालेका छन्।
रैथाने र आगन्तुक गरेर यहाँ त्यति प्रजातिका चरा पाइन थालेका हुन। घोडाघोडी पन्छी अभयारण्य क्षेत्र बसाइँ सरी आउने चराका लागि महत्त्वपूर्ण आश्रय स्थल बनेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ।
घोडाघोडी ताल क्षेत्रमा ३२ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी पाइने गरेका जनाइएको छ। यसैगरी, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, सात प्रजातिका घस्रने जन्तु र ६४७ प्रजातिका वनस्पति पाइने गरेको मन्त्रालयले जानकारी दिएको छ।