सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा आउँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् ।
मुख्यमन्त्री सिंह पूर्व पश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगाहपुर र सर्लाहीको हरिवनका विभिन्न अस्पतालको अनुुगमन गरी शनिबार राति ९ बजेपछि लालबन्दी नगरपालिका–१, नवलपुर बजारक्षेत्रमा आइपुुग्नुुभएको थियो । मुख्यमन्त्री सिंह अस्पताल अनुुगमनमा आएको सुुइँको पाउनासाथ नवलपुरमा अवैध स्वास्थ्य संस्था सञ्चालन गरेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेका सञ्चालक अस्पतालको सर्टर बन्द गरेर भागेका हुन् ।
मुख्यमन्त्री सिंह नवलपुर आइपुुग्दा भानु अन्जली अस्पताल मात्रै खुलेको थियो । मापदण्डविपरीत सञ्चालित उक्त अस्पताललाई तत्कालै बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिनुुभएको छ ।