पाथीभरा केबलकार विवाद : कोशीका सांसदहरूसँग फेरि छलफलमा गृहमन्त्री लेखक

10k Shares

काठमाडौं– ताप्लेजुङको पाथीभरमा मन्दिरमा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारबारे तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले कोशी प्रदेश पहाडका सांसदहरूसँग फेरि छलफल सुरु गरेका छन् ।

कोशी पहाडका जिल्लाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग गृहमन्त्रीले संवाद सुरु गरेका हुन् । 

कोशीका सांसदहरूसँग सिंहदरबारमा छलफल भइरहेको सांसद उर्मिला थेबेले बताएकी छन् । उनका अनुसार छलफलमा आन्दोलनरत पक्ष ‘नो केबलकार समूह’लाई सहभागी गराइएको छैन ।

केबलकार निर्माणमा विवाद भएपछि सरकारले तत्काल निर्माणकार्य स्थगित गरेर आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ । 

छलफलबाट आएका सुझावअनुसार ताप्लेजुङको केबलकारबारे सरकारले आवश्यक निर्णय लिने तयारी गरेको छ।

सम्बन्धित समाचार