आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

9.2k Shares

काठमाडौं– इलाम र गुल्मीमा आगलागी हुदाँ विभिन्न धनमाल जलेर नष्ट भएको छ ।   

इलामको माई नगरपालिका-८ संघुरूखोला बस्ने गोविन्द बहादुर राईको घरमा विद्युत् सर्ट भई सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

त्यसतै, गुल्मीको चन्द्रकोट गाउँपालिका-५ जोगिस्थान बस्ने २९ वर्षीया बसन्ती कुँवरको गोठमा सोमबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४० वर्षीया सिता कुँवरको घरमासमेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार