किसानलाई चैते धान लगाउने चटारो

9.1k Shares

कावासोती । नवलपुरमा हिउँदे (चैते) धान रोपाइँ सुरु भएको छ । सिमसार क्षेत्र र सिँचाइको सुविधा पर्याप्त भएको जिल्लाका विभिन्न स्थानमा यतिखेर हिउँदे धान लगाउन किसान व्यस्त भएका हुन् । 

बर्षे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि किसान यसतर्फ लागेका छन् । जिल्लाको कावासोती, देवचुली, गैडाकोट, मध्यविन्दु नगरपालिका, विनयीत्रिवेणी गाउँपालिका बुलिङटार गाउँपालिका र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने गरेको छ । चैते धान हुने क्षेत्रका किसानले अहिले एकले अर्कालाई सघाउँदै चैते धान लगाउने गरेका छन् ।

चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेटक्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । 

सम्बन्धित समाचार