कांग्रेस उपसभापति खड्काको गृहजिल्लामा शेखरलाई भव्य स्वागत

8.5k Shares

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा वरिष्ठ नेता शेखर कोइराला बिहीबार आउँदा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् । 

नेपाली कांग्रेस संस्थापन पक्षका शेरबहादुर देउवा निकट मानिने र भावी सभापतिको उम्मेदवारका रूपमा हेरिएका खड्काको गृह जिल्लामा कोइराला आउँदा कार्यकर्ताले बाजागाजासहित कोइरालाको भव्य स्वागत गरेका हुन् । 

कोइरालालाई स्वागतका संस्थापन इतरका नेता तथा प्रतिनिधिसभा सदस्य हृदयराम थानीले नेतृत्व गरेका थिए । कोइरालालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा नै बाजागाजासहित नेता कार्यकर्ताको लर्को लागेको थियो । 

संस्थापन इतरका रूपमा चिनिने थानी निकै उत्साहित भएका थिए । संस्थापन पक्ष निकट रहेका कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि स्वागतका लागि विमानस्थलमा पुगेका थिए । 

सम्बन्धित समाचार