देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा

11k Shares

काठमाण्डौ – देशभरका चिकित्सकले आजदेखि आन्दोलन शुरू गर्ने भएका छन् । नेपाल चिकित्सक सङ्घको आह्वानमा आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले कालोपट्टी बाँधेर आन्दोलन शुरू गर्न लागेका हुन् ।

सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरू आजदेखि आ–आफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घण्टा धर्ना बस्ने भएका हुन् । आज र भोलि देशभरका स्वास्थ्य संस्थामा यो आन्दोलका कार्यक्रम हुने सङ्घले जनाएको छ ।

सङ्घले स्वास्थ्य सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको थप दरबन्दी अविलम्ब सिर्जना गरी यथाशीघ्र विज्ञापन गरिनुपर्ने, अस्पताल विकास समितिअन्तर्गत कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई स्थायी नियुक्ति प्रदान गरिनुपर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको नियुक्ति तथा तलब भत्तामा एकरूपता कायम गरी जोखिम भत्तालगायत थप भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेको छ ।

सरकारले माग सम्बोधन नगरेमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरी थप आन्दोलनका कार्यक्रम तय गर्ने सङ्घको भनाइ छ ।

सम्बन्धित समाचार