‘महालक्ष्मीलाई हस्ताकला नगरी बनाउछौं’

21.9k Shares

हालै दर्ता गरिएको ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य संघका तदस्थ समितिका अध्यक्ष सञ्जय नारायण श्रेष्ठ, उपाध्यक्ष अन्जुनाथ श्रेष्ठ र सचिव राजेन्द्र श्रेष्ठसँग संघको ऐजेन्डामा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश ः
तपाईहरुले वाणिज्य संघलाई कस्तो रुपमा हेर्नुभएको छ ?
वाणिज्य संघ राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त संस्था हो । मुलुकमा  सरकार पछिको ७७ वटै जिल्लामा संगठन विस्तार भएको एउटै मात्र संस्था हो । सरकारको आर्थिक एजेन्डा सफल बनाउन संघको सहयात्रीको भुमिका स्थापनाकालदेखि नै महत्वपूर्ण रहँदै आएको छ । हुन त व्यवसायी क्षेत्रमा काम गर्ने अन्य संगठनहरु नभएका होइनन् । तर, व्यापारिहरुको पेशागत हकहित संरक्षण गर्न संघ एउटा सशक्त भुमिका खेल्न सक्ने संस्था हो । महालक्ष्मी उद्योग वाणिज्य संघको हकमा ११ जनाको तदस्थ समिति बनाएका छौं । अब ६ महिनाभित्रमा नयाँ कार्यसमितिमार्फत् आर्थिक ऐजेन्डा सफल पार्न लाग्छौं ।
महालक्ष्मी उद्योग वाणिज्य संघको स्थापना किन आवश्यक छ ?
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसूगै एक खालको संक्रमणकालिन अवस्थाको अन्त्य भइसकेको छ । अब राजनितिक एजेन्डा बाूकी छैन । नेपालमा एउटै मात्र एजेन्डा हुनुप¥यो । त्यो भनेको आर्थिक विकास हो । ललितपुर राजधानीबाट नजिक भएरपनि छायाँमा परेको जिल्ला हो । देशको आर्थिक एजेन्डा बलियो पार्न, ललितपुरको मुहार फेर्न, व्यापार व्यवसायीहरुको आर्थिक विकास, रोजगारी सिर्जना र छरिएर रहेका व्यावसायीहरुलाई एकै ठाउँमा ल्याउन संघको भुमिका रहन्छ । त्यसका लागि महालक्ष्मीमा छुट्टै औद्योगिक क्षेत्र स्थापना गर्न सरकारसँग लबिङ गर्न संघको सशक्त भुमिका हुन्छ । 
लुभुको कपडा उद्योगको इतिहास के छ ?
लुभुमा कपडा उद्योगको इतिहास आठ दशक पुरानो छ । यहाँ रङ नपाउँदा माटो दलेर बनाउँदा देखिको इतिहास छ । लुभुलाई मिनी जापान भनिन्छ । यहाँ एक सय भन्दा बढी व्यवसायी दर्ता छन् । हाते तानबाट सुरु भएको कपडा बुन्ने काम २०२६ सालतिर नेपालमै बनेको अर्धस्वचालित तानबाट हुनथाल्यो । २०३१ सालबाट भने स्वचालित तानबाटै कपडा बुन्न सुरु भयो । अहिले आधुनिक प्रविधिका मेसिनबाट हुन्छ । सुती कपडा, पस्मिना सल, ढाका, ऊनी, बुटे सल, मफलर, हाकुपटासी, कोरा र धर्के कपडा, तन्ना तथा साडीलगायत विभिन्न कपडा यहाँ उत्पादन हुन्छन् । यहाँ उत्पादित ९५ प्रतिशत सामान विदेश निर्यात हुन्छ ।  
व्यवसायीक हितका लागि स्थापना भएका अन्य संघसंस्था भन्दा यो संघको भुमिका के फरक छ ?
महालक्ष्मी नगरपालिकाभित्र विषेश गरी लुुभुमा कपडा उद्योग, सिद्धिपुर परालजन्य सामान उत्पादन, पर्यटकीय गन्तव्य स्थल लाकुरी भञ्ज्याङमा होमस्टे, प्यारागाइडिङ, टिकाथलीलगायत क्षेत्र कृषिका लागि प्रख्यात मानिन्छ । तर, जति विकास हुनुपर्ने हो त्यति हुन सकेको छैन । अन्य संघसंस्थाको ध्यान पनि यस क्षेत्रमा त्यति पुग्न सकेको छैन । यी क्षेत्रको विकास गर्न सरकारसूग हातेमालो गरेर अगाडि बढ्न सक्ने खुबी हाम्रो टिममा छ । 
संघको के–के गर्ने योजनामा हुनुहुन्छ ?
मुलुकको राजनितिक परिवर्तनपछि आर्थिक विकासका लागि जति अन्य संघसंस्थाले सरकारसूगको साझेदारीमा भुमिका खेल्नुपर्ने थियो । त्यो खेल्न सकेको छैन । कोभिड–१९ महामारीका कारण उद्योगहरु धरासायी बने । अहिले व्यवसायीहरु नाफा कमाउने भन्दा पनि बाच्ने आधार खोजिरहेका छन् । व्यवसायी र श्रमिकहरुको उत्थान गर्न जसरी संघ लाग्नुपर्ने थियो । त्यो भएन । केन्द्र, प्रदेश र स्थानीय सरकारसूग आर्थिक प्याकेज माग गर्ने योजना बनाएका छौं । विद्यमान कानुनहरु श्रम र उद्योग मैत्री छैनन् । त्यसलाई समानुकुल परिमार्जन गर्न भुमिका रहनेछ । कोभिडले थलापरेका व्यापार व्यवसायी र श्रमिकहरुको उत्थान गर्न विषेश कदम चाल्ने योजनामा छौ । रोजगारी सिर्जना गर्न सरकारसूग हातेमातो गरेर अगाडि बढ्ने । कार्यकाल अवधिभित्र आयतमुखि अर्थतन्त्रलाई निर्यातमुखि बनाएर छोड्ने । पञ्चायत र बहुदलकालमा संघको भुमिका मन्त्रीको सरह हुन्थ्यो । तर, अहिले छैन । संघको गुमेको भुमिका फर्काउन ठोस योगदान दिनेछौं । २०२२ मा वृहत हस्तकला मेला आयोजना गर्ने योजनामा छौं । 
सामाजिक उत्तरदायित्व अन्र्तगत के के गर्ने योजनामा हुनुहुन्छ ?
सामाजिक उत्तरदायित्व अन्र्तगत सांस्कृतिक सम्पदा, जात्रा, पर्वको संरक्षण संबद्र्धन, पुस्तकालयको विकासमा गर्न भुमिका रहनेछ । ज्येष्ठ नागरिक, महिला लक्षित कार्यक्रम सञ्चालन गरिनेछ । सिसिटिभि जडान, स्वास्थ्य, शिक्षा, खेलकुद, कलाकर्मी, नाट्यकर्मीलाई प्रोत्साहन गर्न महत्वपूर्ण भुमिका निभाउनेछौं । लुभु, सानोगाउू नेवारी इतिहासिक महत्वका बस्तीमा नेवार संग्रहालय, तामाङ बस्तीलाई जिवित संग्रहालयको रुपमा विकास गर्न भुमिका रहनेछ ।
युवा लक्षित विषेश कार्यक्रम छन् ?
अहिले जति पनि वैदेशिक रोजगारमा गएकाहरु स्वदेश फर्किरहेका छन् । उहाँलाई रोजगारी सिर्जना गर्न कसैले भुमिका खेलेको देखिँदैन । बेरोजगारी र बैदेशिक रोजगारीमा जाने युवाहरुलाई लक्षितग गरी सिपमुलक तथा व्यवसायी तालिम दिनेछौं । उद्योग क्षेत्रको स्थापनागरि रोजगारी सिर्जना गर्नेछौं । परालबाट उत्पादित विभिन्न सामाग्री बनाउने पुख्यौली पेशामा सानोगाउँका युवालाई अवसर सिर्जना गरी रोजगारी दिनेछौं । हस्तकलालाई प्रवद्र्धन गरी युवा लक्षित कार्यक्रम ल्याइनेछ । 
अन्तमा के भन्न चाहानुहुन्छ ?
अहिलेको अवस्था भनेको संघको भुमिका बलियो पार्न आधार तयार गर्ने बेला हो । संघ बलियो भयो भने हाम्रो आवाज सम्बन्धित निकायले सुनिन्छ भन्ने जस्तो लाग्छ । सबै मिलेर काम गर्न सकेमा यो सम्भव पनि छ । एकआपसमा झगडा गरेर संघ बलियो पार्न सकिँदैन । यहाँ अन्य व्यापारिक संघसंस्था पनि छन् । हामी सबै व्यवासयी हो भन्ने भावमा अगाडि बढ्नुपर्छ । छायाँमा परेको हस्तकला उद्योगलाई उत्थान गर्नुपर्छ ।

सम्बन्धित समाचार