प्रकृति लम्सालको शव आज नेपाल ल्याइने

10k Shares

काठमाडौं– भारत उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने भएको छ । 

भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ । शव आज साँझसम्म घर पुर्‍याइने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रकृतिका बुबा सुनिल लम्साल मंगलबार बिहान ८ बजे भुवनेश्वर पुगेका थिए ।

गत आइतबार बुटवलकी प्रकृति कलेजको होस्टलेमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रकृतिको शंकास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरूले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए ।

 तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरूमाथि उल्टै आक्रमण र दुर्व्यवहार गरेको थियो । सयौँ नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको थियो । अहिले पनि करिब एक हजार नेपाली विद्यार्थी विभिन्न सहरमा पुगेका छन् । केही नेपाल आइपुगेका छन् ।

सम्बन्धित समाचार