कोरोनाका कारण भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

18.7k Shares

नयाँदिल्ली ः भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। 

कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको भाारतीय प्रधानमन्त्री नरेन्द
मोदीले ट्वीटमाार्फत जानकारी दिएका छन् । 

भारी मनका साथ यो जानकारी गराउदैँछु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थनाका बावजुद् हाम्रा बुबा प्रणव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ,अभिजित मुखर्जीले ले ट्वीटरमा लेखेका छन्।

मुखर्जी ८४ वर्षका थिए। 

भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए। मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए। 

गत अगस्ट १० मा उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। 

सम्बन्धित समाचार