10.6k
Shares
काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन्।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्।
उनले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरु पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए। उनले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरु आउनसक्ने बताए। उनले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरु आउँन नसक्ने बताए।